बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
कविता

कति काम बन्दैन

आइतबार, ०८ भदौ २०८२, १३ : ०८
आइतबार, ०८ भदौ २०८२

कति काम बन्दैन 
जति भेटे पनि
कति कुरो बिर्सिंदैन 
जति मेटे पनि ।

मान्छे सबै आफैँजस्तो 
तर भिन्नाभिन्नै
को हो मानव को हो दानव 
गाह्रो भो चिन्नै ।

बहने हावा बग्ने पानी 
पनि किन्नुपर्ने
जेमा पनि जता पनि 
व्यापार नै छिर्ने ।

पैसाका लागि कतिले
विवश भई अङ्गै बेच्छ
चाहिनेभन्दा बेसी धन
मानिस किन थुपार्छ ।

हराइसक्यो दयामाया 
शक्तिशालीको छलले
कमजोर दुःखी गरिबको त 
बोलीदिने कल्ले ।
०००
अगस्ट ९, २०२५
लस एन्जेलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप