‘महाधिवेशनको मुखमा एकलौटी रूपमा नेतालाई हटाउँदा कार्यकर्ता चिन्तित छन्’
सारांश
- राप्रपा महामन्त्री धवल शमशेर राणाले पार्टी नेतृत्वलाई महाधिवेशन प्रभावित पार्ने काम नगर्न आग्रह गरे।
- उनले महाधिवेशन समयमै निष्पक्ष रूपमा हुनुपर्ने र सबैलाई बाधा नपुर्याउनुपर्ने बताए।
- राणाले पार्टी नफुट्ने र नेतृत्वले एकलौटी निर्णय गर्दा समस्या आउने चेतावनी दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनै पनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनै पनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् ।
महाधिवेशन समयमा निष्पक्ष रूपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सबै पक्षलाई बाधा अवरोध नपारी सहज रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए ।
राणाले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेता कार्यकर्तालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि विधान विपरीत नेतृत्वले एकपक्षीय ढङ्गले निर्णय गर्दा केही समस्या देखिएको जिकिर गरे ।
त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पारे । नेतृत्वका विषयमा केही फरक मत भए पनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरूको नरहेको उनको भनाइ छ ।
महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सबैलाई मिलाएर अघि बढ्न खोजे सबै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए। उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण