बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले प्रतिवेदनका लागि पुन: पत्राचार गर्ने

आइतबार, ०८ भदौ २०८२, १५ : ०३
आइतबार, ०८ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसको बैठकले शुभेच्छुक संस्थाहरूलाई पत्राचार गर्ने निर्णय गर्यो।
  • प्रदेश स्तरीय कार्यक्रमका लागि कांग्रेस प्रदेश समितिसँग सहयोग माग्ने निर्णय गरियो।
  • भदौ २ गतेको तीज विशेष कार्यक्रमको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरियो।

काठमाडौँ । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख तथा केन्द्रीय सदस्य अब्दुल सत्तारको अध्यक्षतामा आइतबार बसेको विभागीय बैठकले विभिन्न पाँच बुँदे निर्णय गरेको छ।

बैठकले शुभेच्छुक संस्थाहरुबाट माग गरिएका संगठनसम्बन्धी प्रतिवेदन अझै नआएको भन्दै पुनः पत्राचार गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रदेश स्तरीय कार्यक्रम सञ्चालनका लागि नेपाली कांग्रेस प्रदेश कार्यसमितिहरूसँग आवश्यक सहयोग गर्न अनुरोध गर्ने निर्णय भएको छ।

बैठकले सातै प्रदेश कार्यसमितिमा गठन भएका शुभेच्छुक संस्था समन्वय विभागसँग सहकार्य गर्दै पारित कार्यतालिका अनुसार कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको विभाग प्रमुख अब्दुल सत्तारले जनाएका छन्।

बैठकले भदौ २ गते पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न अन्तरक्रिया तथा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथि महामन्त्री गगनकुमार थापाको सहभागिता र सम्बोधनले कार्यक्रमको भव्यता बढाएको भन्दै धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रममा उपस्थित शुभेच्छुक संस्थाका प्रमुखहरू र सहयोग गर्ने सबैलाई पनि विभागले आभार प्रकट गरेको छ।

साथै भदौ २ गतेको तीज विशेष कार्यक्रम सफल बनाउन गरिएको खर्च विवरण सार्वजनिक गर्ने र सहयोग गर्ने महानुभावलाई सम्मानपत्र दिने निर्णय पनि विभागले गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप