गोविन्दा र सुनीताबिच मिल्यो कुरा, सम्बन्धविच्छेदबाट पछि हटे
सारांश
- गोविन्दा र सुनिता आहुजाको सम्बन्धविच्छेदको हल्ला चलिरहेको बेला, उनीहरूका म्यानेजरले सबै कुरा ठीकठाक रहेको बताएका छन्।
- समाचार अनुसार, सुनिताले बान्द्रा पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् र गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।
- गोविन्दाका म्यानेजर र वकिल दुवैले सम्बन्धविच्छेदको मुद्दा पुरानो भएको र अहिले सबै कुरा मिलेको बताएका छन्।
नयाँ दिल्ली । सम्बन्धविच्छेदको खबरसँगै बलिउड अभिनेता गोविन्दा एकपटक फेरि चर्चामा आएका छन् ।
उनकी श्रीमती सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएको र श्रीमानमाथि अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएको भनिएको थियो । यही विवादबिच गोविन्दाका म्यानेजरले जोडीबिच सबै कुरा ठीकठाक भएको र दुवैले चाँडै बयान जारी गर्न सक्ने बताएका छन् ।
‘सम्बन्धविच्छेदसँग सम्बन्धित जति पनि समाचारहरू बाहिर आउँदैछन्, ती सबै पुराना घटनाहरूमा आधारित छन् । गोविन्द–सुनीताबिच अहिले सबै ठीकठाक छ । यो पुरानो कुरा हो, जुन अहिले फैलिरहेको छ । मलाई निरन्तर फोन आइरहेको छ, तर अहिले जोडीबिच सबै ठीकठाक छ । उनीहरूको कुरा मिलिसकेको छ । चिन्ता लिनुपर्ने कुरा केही छैन, हामी चाँडै आधिकारिक बयान पनि जारी गर्ने छौँ ।’ समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा हालै गोविन्दाका प्रबन्धकले भनेका छन् ।
केही मानिसले यस्ता झूटा कथाहरू फैलाएर फाइदा उठाउन खोजिरहेको पनि ती मेनेजरको भनाइ छ । गोविन्दाका म्यानेजरभन्दा अगाडि उनका वकिल ललित बिन्द्राले पनि सम्बन्धविच्छेदको मुद्दा ताजा नभएको स्पष्ट पारेका थिए । ‘कुनै मुद्दा छैन, सबै कुरा मिलिरहेको छ । यी सबै मानिस पुराना कुराहरू उठाइरहेका छन् । गोविन्दा र सुनिताले परिवारसँग गणेश चतुर्थी मनाउनेछन् । सुनिता यसको तयारीमा व्यस्त छिन्,’ एनडीटीभीलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए ।
कसरी सुरु भयो सम्बन्धविच्छेदको खबर ?
गोविन्द–सुनीताको सम्बन्धविच्छेदको खबर अगस्ट २२ देखि हेडलाइनमा छ । हटरफ्लाइले एउटा समाचारमा सुनिताले गोविन्दमाथि व्यभिचार र क्रूरताको आरोप लगाउँदै अगल हुन निवेदन दिएको भनेर लेखेको थियो । तर गोविन्दाका नजिकका स्रोतहरूले यो समाचारलाई आधारहीन भनेको भन्दै दैनिक भास्करले समाचार छापेको छ ।
यसअघि गत वर्षको डिसेम्बरमा पनि गोविन्द–सुनीताको सम्बन्धविच्छेदको खबर फैलिएको थियो । डिसेम्बर ५ मा सुनिताले बान्द्रा पारिवारिक अदालतमा निवेदन दिएकी थिइन् । यद्यपि, केही समयपछि उनले आफैंले मिडियालाई दिएको अन्तर्वार्तामा आफू र गोविन्दालाई कसैले पनि अलग गर्न नसक्ने भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण