बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थतन्त्र

सरकारी वित्तीय स्थिति घाटामा, तीनै तहको वित्तीय स्थिति भने बचतमा

आइतबार, ०८ भदौ २०८२, १५ : ११
आइतबार, ०८ भदौ २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको वित्तीय स्थिति रु. ४०४ अर्ब ४२ करोडले घाटामा रहेको छ।
  • अघिल्लो वर्षको सोही अवधिमा यो घाटा रु. ३७९ अर्ब ३८ करोड थियो।
  • समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन रु. १ खर्ब १७ अर्ब ८२ करोड पुगेको छ।

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको वित्तीय स्थिति रु. ४०४ अर्ब ४२ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो घाटा रु. ३७९ अर्ब ३८ करोड थियो । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार बैंकिङ कारोबारमा आधारित सरकारी वित्तीय स्थिति यस वर्ष थप नकारात्मक भएको हो ।

तर, तीनै तहका सरकारको एकीकृत वित्तीय स्थिति भने सोही अवधिमा रु. १३० अर्ब ७३ करोडले बचतमा रहेको प्रतिवेदनले देखाएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको कुल खर्च रु. १ खर्ब ५२ अर्ब ३११ करोड पुगेको छ ।

यसमध्ये चालु खर्च रु. ९८० अर्ब ३८ करोड, पूँजीगत खर्च रु. २२२ अर्ब ६८ करोड र वित्तीय व्यवस्था खर्च रु. ३२० अर्ब ४ करोड रहेको छ ।

यसैगरी, समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन रु. १ खर्ब १७ अर्ब ८२ करोड पुगेको छ । यसमा कर राजस्व रु. १ खर्ब ४९ अर्ब ८८ करोड र गैरकर राजस्व रु. १२ अर्ब ८९ करोड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप