मन्त्रीद्वय यादव र पौडेलबिच छलफल : हैजा प्रभावित क्षेत्रमा तत्काल जनशक्ति थपिने
सारांश
- खानेपानी मन्त्री र स्वास्थ्य मन्त्रीबीच वीरगन्जमा हैजा नियन्त्रणबारे छलफल भयो।
- छलफलमा प्रभावित क्षेत्रमा किट व्यवस्थापन, निःशुल्क परीक्षण र जनशक्ति परिचालन गर्ने सहमति भयो।
- मन्त्री यादवले हैजा नियन्त्रणका लागि सबै सरोकारवालाको सहयोगको अपेक्षा राखेका छन्।
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबिच वीरगन्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री यादवले स्वास्थ्यमन्त्री पौडेलसँग भेट गरी वीरगंजमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल गरेका मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
उक्त छलफलमा वीरगन्जका प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्ने सहमति भएको खानेपानी मन्त्री यादवले जानकारी दिए ।
उनले भने, ‘हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबिच घनिष्ठ समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ।’
वीरगन्ज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा सङ्क्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको मन्त्री यादवले बताए ।
उनले भने, ‘वीरगन्जमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्ण रूपमा सक्रिय छौँ। यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको हुँदा सबैलाई साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण