बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा काठमाडौँको टेकु दोभानबाट बालक बेपत्ता

आइतबार, ०८ भदौ २०८२, १७ : ३३
आइतबार, ०८ भदौ २०८२

सारांश

  • काठमाडौंको टेकु दोभानमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
  • ८ वर्षीय बालक सुदिप गौतम बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भए।
  • सशस्त्र प्रहरीले बालकको खोजी कार्य जारी राखेको छ।

काठमाडौँ । राजधानीको टेकु दोभानमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजी कार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको छ । 

महानगरपालिका–१२ मा  बस्ने ८ वर्षीय सुदिप गौतम पौडी खेल्ने क्रममा बेपत्ता भएकामा सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजी कार्यमा परिचालित भएको सशस्त्र प्रहरीका डिएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले बताए । 

उनी शनिबार दिउँसै बेपत्ता भएकामा हालसम्म पनि फेला नपरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप