वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्मा लैजान्छौँ : याेगेश भट्टराई
काठमाडाैँ । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउने बताएका छन् ।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।
उनले संशोधन प्रस्ताव लैजाने बारेमा संसद्का सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पारे। उनले संविधान संशोधनका लागि संसदको दुई तिहाइ बहुमत आवश्यक पर्ने भन्दै नेपाली कांग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।
संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताए । सकेसम्म सर्वसम्मत हुने गरी संविधान संशोधनको प्रस्ताव लैजाने प्रतिबद्धता जनाए।
सचिव भट्टराईले भने, ‘निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको छ । यो सरकार हामीले बनाइरहँदा संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेका छौँ । त्यसको मतलव हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउँछौँ, यति कुरा म ढुक्कसित भन्छु । त्यसमा केके विषय होलान् हामीले छलफल गरौँला । जे विषयमा संशोधन प्रस्ताव लैजाने हो त्यो सांसदका सबै राजनीतिक दलसँग बसेर हामी छलफल गर्छौँ । किनभने संसद्को दुई तिहाइ बहुमत चाहिन्छ । कांग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन । संसद् भित्रको दुई तिहाइ बहुमत मात्रै विषयवस्तु होइन । यो आम जनताको विषयवस्तु हो । संविधान संशोधनका एजेण्डालाई आम पब्लिकमा पनि छलफलमा लैजान्छौँ । सकेसम्म सर्वसम्मत हुने गरी संविधान संशोधनको प्रस्ताव लैजान्छौँ । निर्वाचन प्रणाली पनि छ त्यसको एजेण्डा ।’
सचिव भट्टराईले राजनीतिक दलहरूको अडिट पनि महालेखाले गर्नुपर्ने प्रस्ताव गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण