शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नाडा अटो शो समापन, एक लाख ६० हजार बढीले गरे अवलोकन

आइतबार, ०८ भदौ २०८२, १८ : ४६
आइतबार, ०८ भदौ २०८२

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १७ औँ संस्करणको नाडा अटो शो आइतबा। सम्पन्न भएको छ ।

नाडा अटो शो २०२५ ले यस पटक ऐतिहासिक उपलब्धि हासिल गर्दै समापन भएको छ । १७ औँ संस्करणको अटो शो १ लाख ६०  हजार बढी दर्शकले अवलोकन गरेको नाडाले जानकारी दिएको छ ।

गत मंगलबार भदौ ३ गतेदेखि भएको नाडा अटो २०२५ मा आजबाट सम्पन्न भएको हो । नाडाका अध्यक्ष करण चौधरीले १७ औँ संस्करणको अटो शो धेरै हिसाबले ऐतिहासिक भएको दाबी गरे । 

उनले १७ औँ संस्करणसम्म आइपुग्दा नाडा अटो शोले नयाँ तह पार गरेको बताए । उनले भने,‘ यो पालिको अटो शोलाइ पाँच चिजमा बाँडेको छु, जसले हामी किन नाडामा छौँ भन्ने कुरा देखाएको छ,’ उनले थपे, ‘नाडाले विगतमा गाडी प्रदर्शनी गर्थ्यो, यो पाली उड्ने ट्याक्सी र रोबर्ट प्रदर्शनी गर्न सफल भएका छौँ।’

उनले कसैले अर्को नाडा बनाउन नसक्ने दाबी गरे । उनले नाडालाई कसैले पनि होच्याउन नसक्ने बताए । उनले भने,‘ आज आएर कसैले अर्को नाडा बनाउँछु भन्न सक्दैन,’ उनले भने, ‘जुन दिन हामी उत्पादनमूलक हुन्छ, उत्पादन मुखी हुन्छ, त्यो दिन सफल हुने छौँ।’

राजनीतिक शक्ति प्रदर्शन

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले अटो शोमार्फत राजनीतिक शक्ति प्रदर्शन राम्रोसँग देखाएको छ ।नाडा अटो शो मार्फत नाडाले राजनीतिक लविङलाई नाइमा भन्दा आफू बलियो देखाउने सफल भएको छ । 

नाडा अटो शो उद्घाटनमा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सहभागी भएका थिए । 

नाडाको समापन भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गरे। तर नाडासँग छुटिएको नाइमाले आयोजना गरेको मोबिलिटी एक्स्पो अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । 

नाडामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल,पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसदहरु योगेश भट्टराई, पूर्व उद्योगमन्त्री कर्ण थापा लगायतले समेत अटो शो अवलोकन गरेका थिए ।  

नाडामा प्यासेन्जर सेग्मेन्टमा बेस्ट स्टलमा दिपलले अवार्ड पाएको छ भने कमर्शियलमा डिएफएसकेले पाएको छ । त्यस्तै दुई पाङ्ग्रेमा रोएल इन्फिल्डले पाउँदा कम्पोनेन्टमा हिक्टोले अवार्ड पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप