लिजा रिपोर्ट : कास्कीमा रुपा गाउँपालिका उत्कृष्ट
पोखरा । स्थानीय तहको कार्यसम्पादन स्वमूल्याङ्कनमा कास्कीको रुपा गाउँपालिका जिल्लामै उत्कृष्ट भएको छ । सङ्घीय मामिला मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार रुपाले ८७ अङ्क ल्याउँदै जिल्लाका ५ पालिकामध्ये सर्वोत्कृष्ट बनेको हो ।
रुपाले सेवा प्रवाह, वित्तीय व्यवस्थापन र शासकीय प्रबन्ध जस्ता महत्त्वपूर्ण सूचकहरूमा आफूलाई अब्बल साबित गरेको छ ।
रुपाले शासकीय प्रबन्धमा ९ अङ्क पाएको छ भने सङ्गठन तथा प्रशासनमा ८ अङ्क पाएको छ । वार्षिक बजेट तथा योजना तर्जुमामा ९ अङ्क, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा १४.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ७, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षणमा ७.२५ र सहकार्य तथा समन्वयमा ५.५ अङ्क पाएको छ ।
यही रिपोर्टको आधारमा स्थानीय तहलाई वितरण गरिने वित्तीय समानीकरण अनुदान निर्धारण हुन्छ । उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाले बढी अनुदान प्राप्त गर्नेछन् ।
कास्कीका सबै पालिकाले उत्कृष्ट अङ्क पाएका छन् । अन्नपूर्ण गाउँपालिकाले ८६.२५ अङ्क, माछापुच्छ्रेले ८३ र मादीले ८१.७५ पाएको छ । गण्डकीको एक मात्रै महानगर पोखराले ८३.५ अङ्क पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण