दक्षिण कोरियाको स्टिल निर्यात जुलाईमा २६५ ले गिरावट
सारांश
- गत वर्षको तुलनामा जुलाईमा अमेरिकामा दक्षिण कोरियाको स्टिल निर्यात २६ प्रतिशतले घटेको छ, जसको मुख्य कारण वासिङ्टनले दोब्बर भन्सार शुल्क तोकेको हो।
- कोरियाली समाचार एजेन्सीका अनुसार, यो मूल्य मार्च २०२१ यताकै सबैभन्दा कम हो र निर्यात मात्रामा पनि गिरावट आएको छ।
- कडा भन्सार शुल्कको प्रतिक्रियास्वरूप, पोस्को र ह्युन्डाई स्टिलले अमेरिकामा स्टिल प्लान्टमा लगानी गर्ने योजना बनाएका छन्।
सियोल । संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको स्टिल निर्यात गत वर्षको तुलनामा जुलाई महिनामा २६ प्रतिशतले घटेको छ । यसको प्रमुख कारण वासिङ्टनले तोकेको दोब्बर भन्सार शुल्क भएको बताइएको छ ।
कोरियाको स्टिल ढुवानी गत महिनामा अमेरिकामा २८ करोड ३० लाख डलरमा झरेको कोरियाली समाचार एजेन्सी (योन्हाप) ले कोरिया इन्टरनेसनल ट्रेड एसोसिएसन (केआइटिए– किटा) को तथ्याङ्क उद्धृत गर्दै जनाएको छ ।
यो मूल्य मार्च २०२१ पछि करिब चार वर्ष चार महिनामै सबैभन्दा न्यून स्तर हो ।
मात्रा अनुसार, जुलाई महिनामा निर्यात २४ प्रतिशतले घटेर एक लाख ९४ हजार टनमा झरेको छ । यो सन् २०२३ जनवरीपछि सबैभन्दा कम रहेको किटाले जनाएको छ ।
गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एल्युमिनियम आयातमा लगाइएको कर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएका थिए ।
उक्त कडा भन्सार शुल्कको प्रतिक्रियामा, देशका दुई प्रमुख स्टिल उत्पादक कम्पनीहरू पोस्को र ह्युन्डाई स्टिलले अमेरिकामा स्टिल प्लान्टमा लगानी गर्ने योजना सार्वजनिक गरेका छन् ।
मार्च महिनामा, ह्युन्डाई स्टिलले सन् २०२९ सम्म लुइसियानामा पाँच अर्ब ८० करोड डलर लागतमा इलेक्ट्रिक आर्क फर्नेसमा आधारित एकीकृत स्टिल मिल निर्माण गर्ने घोषणा गरेको थियो । जसको उत्पादन सोही वर्ष सुरु हुने बताइएको छ ।
अर्को महिना पोस्कोले पनि यस परियोजनामा सामेल हुने जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण