श्रेष्ठको नेतृत्वमा भियतनामकी उपराष्ट्रपतिसँग भेट
सारांश
- नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा भियतनामी उपराष्ट्रपतिले नेपाल भ्रमण गर्नुभयो।
- राजधानीको सोल्टी होटलमा भएको कार्यक्रममा व्यवसायीहरु र उपराष्ट्रपतिबीच भेटघाट भयो, जसमा आर्थिक, व्यापारिक, पर्यटन र सांस्कृतिक आदानप्रदानबारे छलफल भयो।
- दुवै देशबीचको सम्बन्ध आगामी ५० वर्षमा अझ सुदृढ हुने र आपसी सहकार्यले समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरियो।
काठमाडौं । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा भियतनामी उपराष्ट्रपतिको नेपाल भ्रमणका क्रममा राजधानीमा विशेष शिष्टाचार भेट सम्पन्न भएको छ।
सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा भियतनाम समाजवादी गणराज्यकी उपराष्ट्रपति भो थि आन सुआनसँग व्यवसायीहरुले भेट गरेका हुन्। नेपालतर्फबाट वियतनामका मानार्थ कन्सुल राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपाल–भियतनाम चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका पदाधिकारीहरूले सहभागिता जनाएका थिए।
सो अवसरमा चेम्बरका अध्यक्ष दीपककुमार मल्होत्रा, वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षहरू सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ, सल्लाहकार किरणकुमार श्रेष्ठ, महासचिव गोपाल दास मानन्धर, कोषाध्यक्ष कवीकुमार तिब्रेवाला, सचिव पहलमान गुरुङ र कार्यकारी सदस्य उर्मिला श्रेष्ठलगायतले उपराष्ट्रपति सुआनलाई स्वागत गरेका थिए।
कार्यक्रममा दुवै देशबीच आर्थिक, वाणिज्यिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई अझ गहिरो बनाउन व्यापार र लगानीका अवसर, नयाँ साझेदारीका पहल र द्विपक्षीय सहयोग सुदृढीकरणका उपायबारे गहन छलफल भएको चेम्बरले जनाएको छ।
नेपाल–भियतनाम चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका पदाधिकारीहरूले आगामी ५० वर्षमा सम्बन्ध अझ सुदृढ हुने र आपसी सहकार्यले साझा समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण