इन्द्रजात्राको ‘यः सिं’ लिन मानन्धर समुदाय वन प्रस्थान
सारांश
- यस वर्षको इन्द्रजात्राको लागि मानन्धर समुदायका अगुवाहरू वन प्रस्थान गरेका छन्।
- आज राति ९:०३ को साइतमा रुख कटान गरिनेछ र भोलि बिहान रुख काट्न सुरु गरिनेछ।
- यःसिं भक्तपुरको चित्तपोलबाट तानेर काठमाडौँको भोताहितिमा राखिनेछ।
काठमाडौँ । यस वर्षको यँयाः अर्थात् इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरू वन प्रस्थान गरेका छन् । प्रत्येक वर्ष झैँ यसवर्ष आज यंलाथ्व दुतिया सोमबारको दिन केन्द्रीय मानन्धर सङ्घका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् ।
पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज बिहान ठिक ९ः ४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाइमा गएका प्रतिनिधिहरूले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा) को लागि यःसिं काट्ने अर्थात् वृक्ष कर्तन गरिने छ ।
यस वर्षको यँया (इन्द्रजात्रा) को लागि समिति दिएको साइतअनुसार आज राती ९ : ०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पूजा गरिनेछ ।

त्यसपछि सुनको बन्चरो, चाँदीको बन्चरोले साङ्केतिक रूपमा घाउ गरेपछि रुख काट्न सुरु गरिनेछ । आज राति साइत गरेपछि भोलि बिहानै देखि यःसिंको लागि छनोट गरिएको रुख काट्न सुरु गरिन्छ भने भोली नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ ।
सकेसम्म भोली बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौँको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि) को दिन बिहान ९ ः ५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ । भोताहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडी राखिनेछ ।
त्यसपछि यंलाथ्व द्वादशी (भदौ १९ गते) बिहीबार बिहान १०ः ३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिनेछ । यःसिं उठाएपछि काठमाडौँको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रूपमा सुरु भएको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण