एउटै इसेवा एपबाट व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने
काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ।
यस सुविधा अन्तर्गत अब प्रयोगकर्ताले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरू एउटै इसेवा एपमार्फत सजिलै व्यवस्थापन गर्न सक्नेछन्। यसमा स्विफ्ट अकाउन्ट स्विच फिचरसमेत समावेश गरिएको छ, जसले खाता स्विच गर्ने प्रक्रियालाई सहज बनाएको इसेवाले जनाएको छ ।
इसेवाले यो नयाँ सेवा व्यवसायी र व्यापारीहरूको वित्तीय कारोबारलाई अझ सरल र व्यवस्थित बनाउन उद्देश्य राखेको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। आधुनिक समयमा धेरैवटा वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै यो सुविधा एकै एपमार्फत सबै कारोबारको सहज व्यवस्थापन सुनिश्चित गर्ने प्रयास भएको कम्पनीले जनाएको छ।
नयाँ प्रणालीले विभिन्न खातामा बारम्बार लगइन गर्ने वा फरक–फरक एप प्रयोग गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ। यसमार्फत तत्काल खाता स्विच, सहज नगद व्यवस्थापन, बिना शुल्क तत्काल विड्रल जस्ता सेवाहरू उपलब्ध हुनेछन्। साथै, दैनिक कारोबारको हिसाब–किताब राख्न सहयोग पुग्ने र बिजनेस क्युआर भुक्तानी प्रक्रियालाई अझ सरल बनाउने कम्पनीको दाबी छ।
इसेवा बिजनेस लिंक सुविधा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण