एनआरएनए 'रिब्रान्डिङ' गर्ने प्रतिबद्धताका साथ डा. शर्माद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
सारांश
- एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे।
- उनले एनआरएनएलाई आधुनिक, प्रविधिमैत्री, समावेशी बनाउने र संस्थालाई एकीकृत गर्ने प्रतिबद्धता जनाए।
- डा. शर्माले आगामी महाधिवेशनमा नयाँ नेतृत्वको खोजी हुने र संस्थालाई आर्थिक प्रभावबाट जोगाउने बताए।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले २०२५–२०२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
डा. शर्माले संघलाई समयानुकूल आधुनिक, प्रविधिमैत्री, समावेशी, पारदर्शी र पुस्तौँसम्म रहने धरोहर संस्थामा रूपान्तरण गर्ने उद्देश्यसहित सोमबार उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्। उनले एनआरएनएको रिब्रान्डिङ गर्दै 'सबैको एनआरएनए' निर्माण गर्न प्रतिबद्ध रहेको रातोपाटीलाई बताए ।
सन् २००३ मा स्थापना भएको एनआरएनएले पछिल्ला २२ वर्षमा ९० देशमा आफ्नो सञ्जाल विस्तार गरेर विश्वभरका नेपालीलाई एउटै मञ्चमा ल्याएको भए पनि प्रविधिको तीव्र विकास, बदलिँदो राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण र दोस्रो पुस्ताका गैरआवासीय नेपालीको बढ्दो संख्याले नयाँ चुनौतीहरू थपेको उनले बताएका छन्। यस अवस्थामा एनआरएनएलाई अझ सान्दर्भिक र प्रभावकारी बनाउन रूपान्तरण अपरिहार्य रहेको उनको भनाइ छ।
उनले हालको नेतृत्वबीचको विभाजनका कारण एनआरएनएको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएको भन्दै संस्थालाई एकीकृत र बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए। यसै सन्दर्भमा उनले ८० हजारभन्दा बढी सदस्य र ५८ वटा राष्ट्रिय समन्वय परिषद् चुनाव सम्पन्न भएको तथ्य स्मरण गर्दै आगामी अक्टोबरमा काठमाडौंमा हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा ४,७०० भन्दा बढी प्रतिनिधिहरूले नयाँ र सबल नेतृत्वको खोजी गर्ने विश्वास व्यक्त गरेका छन्।
डा. शर्माले आफ्नो कार्यकालमा संघलाई आर्थिक, राजनीतिक वा अन्य बाह्य नकारात्मक प्रभावबाट जोगाउन संस्थागत संरचनामा आमूल परिवर्तन गर्ने प्रतिबद्धता जनाए। त्यसअनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व पञ्जीकृत सदस्यहरूको प्रत्यक्ष मतदानबाट चयन गर्ने व्यवस्था कायम गर्न आफू पहल गर्ने उनको भनाइ छ।
'यो केवल सुधारको एजेन्डा मात्र होइन, एनआरएनएलाई साँच्चिकै विश्वव्यापी, समावेशी, निष्ठामा आधारित र गतिशील संस्था बनाउन मेरो स्पष्ट रोडम्याप छ,' डा. शर्माले भने, 'म विगतका नेतृत्वभन्दा फरक पृष्ठभूमिबाट आएको व्यक्तिका रूपमा नयाँ दृष्टिकोणसहित संघलाई नयाँ दिशातर्फ लैजाने लक्ष्यसहित उम्मेदवार भएको हुँ।'
संघमा लामो संलग्नता, विभिन्न तहको नेतृत्व र अनुभवले आफ्ना प्रतिबद्धता सफलतापूर्वक कार्यान्वयन गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । साथै, उनले चाँडै नै विस्तृत घोषणापत्र सार्वजनिक गर्ने जानकारी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण