मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते नै उपनिर्वाचन हुने
सारांश
- निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने जनाएको छ।
- सर्वोच्च अदालतले दीपक मनाङेको पदमुक्तसम्बन्धी फैसला सार्वजनिक गरेपछि उपनिर्वाचनको मिति तय भएको हो।
- आयोगले दल दर्ता लगायतका प्रक्रिया छोट्याएर उपनिर्वाचन सम्पन्न गर्ने जनाएको छ।
काठमाडाैँ । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताएको छ ।
यसअघि सर्वोच्च अदालतले मनाङ प्रदेश सभा २ मा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो ।
सोही कारण आयोगले रुपन्देही– ३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण मिति तोकेको थिएन ।
सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेश सभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए ।
‘सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको छ’, भण्डारीले रातोपाटीसँग भने, ‘दल दर्ता लगायतका प्रक्रिया छोट्याएर भएपनि कात्तिक १७ गते नै उपनिर्वाचन हुन्छ ।’
यसअघि आयोगले रुपन्देही क्षेत्र नम्बर ३ का लागि दल दर्ता र निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण