अदालत
मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन गर्ने बाटो खुल्यो
सोमबार, ०९ भदौ २०८२, १५ : ११
सारांश
- सर्वोच्च अदालतले दीपक मनाङे पदमुक्त हुने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।
- यसअघि निर्वाचन आयोगले पूर्णपाठ नआएका कारण उपनिर्वाचनको मिति तोकेको थिएन।
- आयोगले अब पूर्णपाठ अध्ययन गरी रुपन्देही-३ सँगै उपनिर्वाचन गर्नेबारे निर्णय लिनेछ।
काठमाडौँ । मनाङ प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतले सो निर्वाचन क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने भनि यसअघि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै उपनिर्वाचन हुने बाटो खुला भएको हो ।
निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको मिति तोकेको थिएन। आयोगले पूर्णपाठ आएपछि अध्ययन गरेर रुपन्देही –३ सँगै उपनिर्वाचन गर्ने कि के गर्ने भननेबारे निर्णय लिने बताउँदै आएको छ ।
यसैबिच सोमबार पूर्णपाठ सार्वजनिक भएसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब पूर्णपाठ अध्ययन गरेर आवश्यक निर्णय लिइने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण