तिज : पशुपतिनाथ क्षेत्रमा एम्बुलेन्ससहित करिब ७ सय जना सशस्त्र प्रहरी परिचालन हुने
काठमाडौँ । मंगलबार परेको हरितालिका तिजका दिन पशुपतिनाथ क्षेत्रमा करिब ७ सय जना सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाका लागि सशस्त्र प्रहरीको तर्फबाट स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति खटिने भएको सशस्त्र प्रहरीका सह प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । जसमा १ सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरू खटिने उनको भनाइ छ ।
पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी.को कमान्डमा मंगलबार राति २ बजेदेखि नै सशस्त्र प्रहरी खटिने उनले बताए ।
पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा कमान्ड पोस्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमान्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले गर्नेछ ।
उपत्यकास्थित सशस्त्र प्रहरीको विभिन्न कार्यालयहरूबाट एक सिफ्टमा ३ सय भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुने थापाको भनाइ छ ।
त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ, नं. १८ निलबराही गण कीर्तिपुर , नं. २० विपद् उद्धार गण सिनामंगल, नं. २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नं. २४ बाघ भैरव गुल्म काठमाडौँमा आवश्यकता अनुसार सुरक्षा फौज तयारी हालतमा राखिएको छ ।
त्यस्तै नेपाल एपीएफ अस्पतालको महिला चिकित्सकसहितको स्वास्थ्यकर्मीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ । यस्तै नं. २० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर तथा विपद् उद्धारक र आवश्यक सामाग्रीसहितको वाटर रेस्क्यु टोली राम मन्दिर नजिकै बागमती नदीको किनारमा खटिने उनले बताए ।
शीर्षक र समाचार अद्यावधिक गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण