बसपार्कबाट खैरो हेरोइनसहित ३ जना पक्राउ
सोमबार, ०९ भदौ २०८२, २० : ०७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घर भएका ३२ वर्षीय निरोज कुँवर, भक्तपुर घर भएका ३० वर्षीय सुभाष मिश्र र धादिङ सिद्धलेक गाउँपालिका घर भएका २८ वर्षीय सूर्य बहादुर थापा छन् ।
प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर शरण विक्रम शाह नेतृत्वको टोलीले गेस्ट हाउसमा बसेर खैरो हेरोइनको कारोबार गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
आरोपीहरूको साथबाट ५० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । आरोपीहरूले सो खैरो हेरोइन ३ लाखमा किनबेच गर्नेगरी ‘डिल’ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण