प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्छ: प्रहरी महानिरीक्षक
सारांश
- नेपाल प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्ने बताए ।
- सुर्खेतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
- भवन बेलायती सरकारको सहयोगमा बनेको हो र यसको लागत ३ करोड ३५ लाख ३२ हजार रहेको छ।
कर्णाली । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्ने बताएका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका १२, छिन्चुस्थित सोमबा इलाका प्रहरी कार्यालय परिसरभित्र नवनिर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको ११ कोठे भवनको उद्घाटन गर्दै महानिरीक्षक थापाले यो सुविधा सम्पन्न भवन ढुङ्गा र सिमेन्टबाट बनेको संरचना मात्र नभई नागरिकको विश्वास र आस्थाको केन्द्र बन्ने बताए ।
उनले भने, “देशैभरि २३५ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरू छन्, जसमा बेलायती सरकारको सहयोगमा नेपाल प्रहरीका अहिलेसम्म ५८ वटा प्रहरी सेवा केन्द्रले बनेका छन् । यसका लागि बेलायत सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” रु तीन करोड ३५ लाख ३२ हजार लागतमा बनेको भवन अपाङ्गतामैत्री रहेको उनको भनाइ छ ।
भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्याप्त पुँजी, प्रविधि र मानव दक्ष जनशक्ति भए मुलुकलाई धेरै योगदान गर्न सक्ने बताए। कर्णालीमा लागुऔषध, सवारी दुर्घटना, जातीय विभेद, बालविवाह र घरेलु हिंसा विद्यमान रहेको जनाउँदै उनले यसको नियन्त्रण तथा निराकरणका लागि नेपाल प्रहरीको प्रभावकारी भूमिका हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा पुष्पराज शाही, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, बेलायती सरकारका प्रतिनिधि साईमन पिटरलगायतले आफ्नो भनाई राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण