हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा
सारांश
- शेरबहादुर देउवाले हरितालिका तीज पर्वले महिलाको जीवनसँग सम्बन्धित पक्षहरू उजागर गरेको बताए।
- देउवाले तीजले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेलेको उल्लेख गरे।
- देउवाका अनुसार, तीजले समाजमा सौहार्दता, एकता र भाइचाराको भावना बढाउँछ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीज पर्वले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक सम्बन्ध उजागर गरेको बताएका छन् ।
आज शुभकामना सन्देश जारी गर्दै उनले तीजले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबिचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।
सभापति देउवा सन्देशमा नेपाल धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण मुलुक भएकाले यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काएको उल्लेख गरे ।
नेपाली महिलाहरूले विशेष रूपमा मनाउने हरितालिका तीज पर्वले समाजमा सौहार्दता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्बित गर्दै आएको सभापति देउवाले बताए ।
सन्देशमा भनिएको छ,“तीजजस्ता पर्वले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ, यी पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।” उनले सन्देशमा हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीहरूमा पार्टी र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण