सन्दीप र आसिफ चम्किँदा नेपालले कमेटलाई सजिलै हरायो
सारांश
- नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको एसीटी कमेटलाई टी-२० शृङ्खलामा ४१ रनले पराजित गर्यो।
- नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याउँदा कमेटले १३६ रन मात्र बनायो, जसमा सन्दीप लामिछानेले ५ विकेट लिए।
- नेपालका लागि आसिफ शेखले ६९ रन बनाए भने रोहित पौडेलले ३६ रनको योगदान दिए।
काठमाडौँ । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको एसीटी कमेटलाई पराजित गरेको छ । मंगलबार भएको टी–२० शृङ्खला अन्तर्गतको खेलमा नेपाल ४१ रनले विजयी बनेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ७८ रनको लक्ष्य पछ्याउँदा कमेटले १७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । कमेटलाई सस्तोमा समेट्न सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिए ।
कमेटका लागि जेक स्मिथले ३३ बलमा ५० रन जोडे । त्यस्तै, ज्याक कियोगले २६ बलमा रन बनाए । काई ब्रन्करले नटआउट रहँदै ११ बलमा २७ रनको योगदान दिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । नेपालका लागि करन केसीले २ तथा रुपेश सिंहले १ विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो । टोलीका लागि असिफ शेखले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३९ बलमा ६९ रन जोडे ।
कप्तान रोहित पौडेलले २८ बलमा ३६ रन बनाए भने आरिफ शेखले १८ बलमा २४ रन हिर्काए । कमेटका लागि लेविस इभान्स, डी दुवे र ई रहमानले २–२ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण