एएफसी महिला च्याम्पियन्स लिग : एपीएफलाई नासाफको झट्का
सारांश
- एपीएफ एफसी एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणमा पीएफसी नासाफसँग ३-० ले पराजित भयो।
- खेलमा दिओराखोन खबिबुल्लाएभाले दुई गोल गरिन् भने माफ्तुना शोयिमोभाले एक गोल गरिन्।
- एपीएफले अब कलेज अफ एसियन स्कोलर्स र अल नासरसँग खेल्नेछ, र समूह चरणमा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणमा एपीएफ एफसीले खराब सुरुवात गरेको छ । उज़्बेकिस्तानको मार्काजी स्टेडियममा सोमबार भएको समूह ‘बी’ अन्तरगतको खेलमा पीएफसी नासाफले एपीएफलाई एफसीलाई ३–० ले पराजित गरेको हो।
घरेलु टोलीले पहिलो हाफमै दबदबा जमाउँदै तीन गोल गरेको थियो। दिओराखोन खबिबुल्लाएभाले दुई गोल गरिन् भने माफ्तुना शोयिमोभाले थप एक गोल गर्दै नतिजा सुनिश्चित गरिन्।
खेलको १३औँ मिनेटमा लारिना एकाटेरिनाको टाढाबाट प्रहार गरिएको बल क्रसबारमा ठोक्किएपछि फर्किएको रिबाउन्डलाई खबिबुल्लाएभाले सजिलै गोलमा परिणत गरिन्। त्यसको तीन मिनेटमै शोयिमोभाको असफल प्रहारलाई नियन्त्रण गर्दै उनले अग्रता दोब्बर बनाइन्।
२१औँ मिनेटमा ह्याट्रिक पूरा गर्ने खबिबुल्लाएभाको हेडर अफसाइडका कारण अस्वीकृत भयो। तर, ४२औँ मिनेटमा शोयिमोभाले टाढाबाट गरेको सटले गोल गर्दै नासाफलाई ३–० को मजबुत अग्रता दिलाइन्।
दोस्रो हाफमा एपीएफले केही सुधारिएको खेल प्रदर्शन गर्दै नासाफलाई रोक्ने प्रयास गर्यो। उनीहरू आक्रामक खेल्दै अघि बढे पनि नासाफकी गोलरक्षक माफ्तुना जोनिम्कुलोभा खासै व्यस्त रहिनन्।
६४औँ मिनेटमा नतालिया सिमाकिनाको हेडर पोस्टमा ठोक्किँदा एपीएफ भाग्यशाली रह्यो। त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल नासाफको ३–० को जितसँगै समाप्त भयो।
यस जितसँगै नासाफले थाइल्यान्डको कलेज अफ एसियन स्कलर्ससँगै समूह ‘बी’ मा तीन–तीन अङ्क जोडेको छ।
एपीएफले अब दोस्रो खेल कलेज अफ एसियन स्कोलर्ससँग २८ अगस्त (बिहीबार) र अल नासर सँग ३१ अगस्त (आइतबार) खेल्नेछ ।
एएफसी महिला च्याम्पियन्स लिगको यो दोस्रो संस्करण हो । प्रतियोगिताको समूह चरणमा प्रवेश गर्नका लागि १९ टोलीहरूले प्रारम्भिक समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्।
केवल पाँच समूह विजेता र उत्कृष्ट स्थानमा रहेका उपविजेताले मात्र समूह चरणका लागि छनोट हुनेछन् । प्रारम्भिक चरणमा रहेका १९ टोली गत सिजनको भन्दा ६ बढी हुन् ।
मेलबर्न सिटी एफसी (अस्ट्रेलिया), सुवन एफसी वुमन (कोरिया), टोकियो भेर्डी बेलेजा (जापान), वुहान जियाङ्दा वुमन्स एफसी (चीन), हो ची मिन्ह सिटी वुमन्स एफसी (भियतनाम) र बाम खातून एफसी (इरान) पहिले नै समूह चरणका लागि छनोट भइसकेका छन्।
कम्बोडिया, डिपीआर कोरिया, गुआम, किर्गिज गणतन्त्र र मंगोलियाका क्लबहरू यो चरणमा पहिलो पटक देखिनेछन्।
वुहान जियाङ्दाले लगातार दोस्रो उपाधि जित्ने होडमा रहेको छ । टोलीले २०२४/२५ को फाइनल १-१ मा टुङ्गिएपछि मेलबर्न सिटीलाई पेनाल्टीमा ५-४ ले हराएको थियो।
छनोट हुने छ टोलीले सेप्टेम्बर ११, २०२५ मा मलेसियाको क्वालालम्पुरमा ड्र आयोजना हुँदा आफ्नो समूह चरणका प्रतिद्वन्द्वीहरू थाहा पाउनेछन्।
समूह चरणमा रहेका १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । प्रतियोगिताका खेलहरू नोभेम्बर ९ देखि २३, २०२५ सम्म हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण