‘तीजपर्व लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण’
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीज पर्वले महिलामाथिको विभेद अन्त्य गर्ने बताइन्।
- उनले तीजले सामाजिक एकता र पारिवारिक सम्बन्धलाई सुमधुर बनाउने विश्वास व्यक्त गरिन्।
- भण्डारीले तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको मञ्चका रूपमा लिइनुपर्ने बताइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताएकी छिन् ।
हरितालिका तीज पर्व २०८२ का अवसरमा सामाजिक सञ्जालमार्फत उनले जारी गरेको शुभकामना सन्देशमा तीजले सामाजिक–सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरिएको । उनले सन्देशमा तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहित गर्ने उल्लेख गरेकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गरेकी छिन् । उनले विवाहिता महिलाले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्था यस पर्वसँग गहिरो रूपमा जोडिएको बताएकी छिन् ।
“विवाहपश्चात् महिलाले जन्मघर छाडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ”, उनले सन्देशमा भनेकी छिन् “यस पर्वले चेली र माइतीबीचको आत्मीयता, परिवार र साथी–सङ्गीबीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ ।”
तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने भण्डारीले बताइन् । शुभकामना सन्देशमा भनिएको छ– “पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको छ । तसर्थ, हामी सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरूलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन प्रयास गर्नु आवश्यक छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण