अपडेट
दीपेन्द्रको शानदार प्रदर्शनमा दोस्रो खेल पनि जित्यो नेपालले
मङ्गलबार, १० भदौ २०८२, १२ : ५८
सारांश
- नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको एसीटी कमेटलाई ६ विकेटले पराजित गर्यो।
- दीपेन्द्रसिंह ऐरीले ४२ रनको इनिङ्स खेले भने आरिफ शेखले नटआउट रहँदै टीमलाई जिताए।
- एसीटी कमेट ९६ रनमा अलआउट भयो, जसमा दीपेन्द्र सिंह ऐरी र सहाब आलमले ४-४ विकेट लिए।
काठमाडौँ । नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा पनि अस्ट्रेलियाको एसीटी कमेटलाई सजिलै हराएको छ । मंगलबार भएको टी–२० शृङ्खला अन्तर्गतको खेलमा नेपाल ६ विकेटले विजयी बनेको हो । यसअघि पहिलो खेल नेपालले ४१ रनले जितेको थियो ।
९७ रनको लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पछ्यायो । टोलीका लागि दीपेन्द्रसिंह ऐरीले ३१ बलमा ४२ रनको इनिङ्स खेले । आरिफ शेख ११ रनमा नटआउट रहँदै टोलीलाई जीसम्म डोर्याए ।
यसअघि पहिले ब्याटिङ गरेको कमेट ९६ रनमा अलआउट भएको थियो । टोलीलाई सस्तोमा समेट्न दीपेन्द्र सिंह ऐरीले १३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, सहाब आलमले पनि १२ रन खर्चेर ४ विकेट नै लिए । रोहित पौडेलले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण