सुगम पोखरेलको गीत ‘जय जय शङ्कर’ सार्वजनिक
सारांश
- गायक सुगम पोखरेलको स्वरमा भक्ति गीत 'जय जय शङ्कर' सार्वजनिक गरिएको छ।
- गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा खिचिएको छ, जहाँ कैलाश पर्वत र मानसरोवर ताल देखिन्छ।
- भिडियोमा बद्रीप्रसाद तिवारीको अभिनय, विजय अधिकारीको निर्देशन, र हरि हुमागाईँको छायाङ्कन रहेको छ।
काठमाडौँ । गायक सुगम पोखरेलको स्वरमा भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ ।
डिजिसेन्स नेपाल प्रा. लिले निर्माण गरेको गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित मुनालले पुनः संयोजन तथा नयाँ सङ्गीत संयोजन गरेका छन् । गीतमा थप शब्द विजय अधिकारीले दिएका छन्।
गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५१०० मिटरको उचाइमा खिचिएको हो । यस स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले प्रचुर सम्भावना बोकेको छ । निर्माण पक्षले संसारमै पहिलो पटक यस दुर्गम क्षेत्रमा म्युजिक भिडियो खिचिएको दाबी गरेको छ ।
बद्रीप्रसाद तिवारीको एकल अभिनय रहेको भिडियो विजय अधिकारीले निर्देशन गरेका हुन् । किरण थापाले कोरियोग्राफी रहेको भिडियोमा हरि हुमागाईँको छायाङ्कन, भरत रेग्मीको सम्पादन छ ।
भिडियो डिजिसेन्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण