मन्त्री पाण्डेले दिए एनएमएका नवनिर्वाचित कार्यसमितिलाई बधाई
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण सङ्घ (एनएमए) बिना नेपालमा माउन्टेरिङको सम्भावना नहुने बताएका छन् ।
मन्त्री पाण्डेले अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उक्त कुरा बताएका हुन् । उनले भने,“एनएमए नहुने हो भने नेपालमा माउन्टेरिङ सम्भावना छैन । दिगो रूपमा माउन्टेरिङको रूपमा काम गर्नका लागि तपाईँहरूको रचनात्मक सहयोग चाहिन्छ ।”
मन्त्री पाण्डेले “एनएमएमा एक पटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक भएको” भन्दै अधुरा परियोजनाहरू पूरा गर्न र पर्वतारोहणसँग सम्बन्धित क्षेत्रमा अझ प्रभावकारी काम गर्न आग्रह गरे ।
उनले पोखरामा रहेको पर्वतारोहण सङ्ग्रहालयलाई अत्याधुनिक र विदेशी पर्यटकसमेतको चासोको केन्द्र भएको उल्लेख गर्दै यसको थप उन्नयनमा जोड दिए ।
नेपालका हिमालहरूमा आरोहणलाई सहज बनाउन सरकारले पछिल्लो पटक ९७ वटा हिमालमा दुई वर्षका लागि रोयल्टी छुटको व्यवस्था गरेको र नयाँ ५७ हिमाल आरोहणका लागि खोलिएको जानकारी दिए । साथै निषेधित क्षेत्र हटाउने र सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म वैकल्पिक बाटो बनाउन छलफल भइरहेको समेत मन्त्री पाण्डेले बताए ।
नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पाले नयाँ कार्यसमिति पर्यटन क्षेत्र सुधार र पर्वतारोहण प्रवर्द्धनमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले हिमाल आरोहणका लागि थप प्रशिक्षण आवश्यक रहेकोमा जोड दिँदै, दैनिक बिदेसिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण