शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अब विदेशमा चल्ने हरेक ईभीमा ‘मेड इन इन्डिया’ हुनेछ - भारतीय प्रधानमन्त्री

मङ्गलबार, १० भदौ २०८२, १७ : ५०
मङ्गलबार, १० भदौ २०८२

हंसलपुर (गुजरात) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार गुजरातको हंसलपुरमा आयोजित एक विशेष कार्यक्रममा मारुती सुजुकीको पहिलो पूर्ण इलेक्ट्रिक कार ‘ईभीएक्स’ को निर्यातका लागि झण्डा देखाएर शुभारम्भ गरे । यो गाडी पूर्ण रूपमा भारतमा नै निर्माण गरिएको हो र यसलाई युरोप र जापानजस्ता १०० भन्दा बढी देशहरूमा निर्यात गरिनेछ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘मेक इन इन्डिया’ अभियानमा एउटा नयाँ र महत्त्वपूर्ण अध्याय थपिएको बताएका छन् । उनले भने, 'अब विदेशमा चल्ने इलेक्ट्रिक गाडीहरूमा पनि ‘मेड इन इन्डिया’ लेखिनेछ । ' 

कार्यक्रममा मोदीले भने, 'लगानी जुनसुकै मुद्रामा होस्, मलाई त्यसको मतलब छैन । चाहे त्यो डलर होस्, पाउन्ड होस् वा अन्य कुनै मुद्रा । तर यसबाट हुने उत्पादनमा मेरा देशवासीको पसिना हुनेछ । यहाँ हुने उत्पादनमा मेरो देशको माटोको सुगन्ध हुनेछ ।' 

उनले थपे, 'आज सारा विश्वले भारततिर हेरिरहेको छ । यस्तो समयमा कुनै पनि राज्य पछाडि पर्नु हुँदैन । हरेक राज्यले यो अवसरको फाइदा उठाउनुपर्छ । भारतमा आउने लगानीकर्ताहरूलाई यति धेरै दुविधा हुनुपर्छ कि उनीहरू सोचून्, ‘म यो राज्यमा जाऊँ कि त्यो राज्यमा ।’ यसबाट राज्यहरूबिच लगानी आकर्षित गर्न स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप