अदालत
रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा
बुधबार, ११ भदौ २०८२, ११ : १८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ।
- सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा रिट दायर भएको छ।
- रवि लामिछानेकी पत्नी निकिताले श्रीमानको तर्फबाट बैंक जमानत लिएर मुद्दा लड्न दिनुपर्ने माग गरेकी छिन्।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको जानकारी दिए । कुँवरले लामिछानेको निवेदनको तर्फबाट आज बहस हुनसक्ने रातोपाटीलाई बताए ।
लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण