हेड इन्जुरी पीडित थापालाई गोरखा साँझ समूहबाट ३० हजार सहयोग
बुधबार, ११ भदौ २०८२, १२ : ३१
सारांश
- तनहुँकी २३ वर्षीया झग माया थापा काठमाडौंको अस्पतालमा हेड इन्जुरीको उपचार गराइरहेकी छिन्।
- आर्थिक अवस्था कमजोर भएकी थापालाई यूएईको गोरखा साँझ समूहले ३० हजार रुपैयाँ सहयोग गरेको छ।
- विपन्न नागरिकको उपचार कोषबाट सहयोगका लागि प्रक्रिया अघि बढाइएको छ।
काठमाडौँ । तनहुँको भिमाद नगरपालिका–२ निवासी २३ वर्षीया झग माया थापा हाल काठमाडौँको अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाईड साइन्स अस्पतालमा हेड इन्जुरीको उपचाररत छिन्।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिनाइ भएको अवस्थामा यूएईको दुबईस्थित गोरखा साँझ समूहले उनलाई ३० हजार रुपैयाँ सहयोग गरेको गोरखा साँझका अध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए । यसबारे आफूलाई राज मगरले जानकारी गराएपछि थापालाई ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको उनको भनाइ छ ।
भिमाद नगरपालिका वडा नं. २ बाट सिफारिससहित विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका–२०७५ अनुसार सहयोगका लागि प्रक्रिया अघि बढाइएकोमा उपचार खर्च थप सहज होस् भन्ने उद्देश्यले गोरखा साँझ समूहले पनि थापालाई उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण