बजार
फेरि बढ्यो अण्डाको मूल्य, एउटैको २३ रुपैयाँ
बुधबार, ११ भदौ २०८२, १३ : ३३
सारांश
- नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य बढाएको छ, भोलिबाट नयाँ मूल्य लागू हुनेछ।
- ठुलो अण्डा प्रति क्रेट ५४५ रुपैयाँ, मिडियम ५३० रुपैयाँ, र सानो अण्डा ३ हजार रुपैयाँ प्रति पेटी तोकिएको छ।
- उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ तोकिएको छ।
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य फेरि बढाएको छ । सङ्घ कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार भोलिबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको हो ।
अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ प्रति क्रेट र सानो अण्डा ३ हजार रुपैयाँ प्रति पेटी तोकिएको हो । उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।
यसअघि ४ भदौमा अण्डाको मूल्य बढाएर प्रति क्रेट ठुलो अण्डा ५३० रुपैयाँ तोकेको थियो । यस्तै मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट तोकिएको थियो ।
सङ्घले चितवनबाट लोड भई देशभरिका अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ थप लाग्ने जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण