एमालेका केन्द्रीय सदस्य ऐन महर विरुद्ध पक्राउ पुर्जी जारी
बुधबार, ११ भदौ २०८२, १५ : ४०
सारांश
- नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
- एक महिलाले साइबर ब्युरोमा जाहेरी दिएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
- महर यसअघि पनि ती महिलाको उजुरीका आधारमा छानबिनमा परेका थिए।
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् । महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि पनि ती महिलाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।
बझाङ घर भएका महर प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनेका थिए । उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण