नागढुङ्गा सुरुङमार्ग निर्माण असोजभित्रै सकिने, सञ्चालनका लागि ठेक्का खुलाउने तयारी
सारांश
- नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र असोजभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोटको तयारी भइरहेको छ, जसमा मर्मतसम्भार र व्यवस्थापन समावेश छ।
- सुरुङमार्गमा आरएफआइडी प्रणाली जडान गरी सवारीसाधनबाट शुल्क उठाउने तयारी छ।
काठमाडौँ । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभाग अन्तर्गत निर्माण भइरहेको यस सुरुङमार्गलाई असोजभित्रै सम्पन्न गर्ने गरी तीव्र तयारीमा काम भइरहेको छ ।
विभागकाअनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ९४.५ प्रतिशत रहेको छ र सम्पूर्ण निर्माण कार्य असोज महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका लागि यात्रा थप सहज र द्रुत हुने अपेक्षा गरिएको छ ।
हाल सडक विभागले नागढुङ्गा सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरिद कार्यको तयारी गरिरहेको छ ।
सुरुङमार्ग सञ्चालन व्यवस्थापन तथा मर्मतको सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयबाट श्रोत सहमति प्राप्त भएको विभागले जनाएको छ । साथै सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।
उक्त कार्यको लागि आवश्यक नमुना बोलपत्र समेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा रहेको छ । साथै लागत अनुमान तयार गर्न स्वीकृत भइसकेको छ र हाल लागत अनुमान तयारी कार्य भइरहेको छ ।
सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि चौबीसै घण्टा (२४/७) सेवा प्रदान गर्नुपर्ने हुन्छ । यसमा आपत्कालीन अवस्थामा उद्धार कार्य, आगलागी नियन्त्रण तथा सुरुङमार्गमा जडान भएका पावर सप्लाई, लाइटिङ, भेन्टिलेसन, आन्तरिक सञ्चार, रिमोट मनिटरिङ, आपत्कालीन सुविधा, दमकल लगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित सञ्चालन, अनुगमन तथा मर्मत सम्भार समावेश छन् ।
यी कार्यहरूका लागि दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको अनुभव आवश्यक पर्ने भएकाले यो कार्य विशेषज्ञ सेवा प्रदायकबाट गराउनु उपयुक्त हुने ठहर गरिएको छ ।
उक्त कार्यको लागि आवश्यक पर्ने ’स्पेशिफिकेशन’ र ’म्यानुअल’ जापानीज परामर्शदाताबाट तयार भई विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ ।
यसैगरी सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर सङ्कलन तोकिसकेको छ । उक्त दस्तुर सङ्कलन गरी आगामी दिनमा सुरुङको मर्मत सम्भार तथा सञ्चालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने उद्देश्य राखिएको छ ।
यसै अनुरूप नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको बैठकबाट सुरुङमार्ग उपभोग दस्तुरसमेत स्वीकृत भइसकेको छ ।
प्रयोगकर्ताबाट उपभोग दस्तुर सङ्कलनको लागि आयोजना मार्फत अत्याधुनिक रेडियो फ्रिक्वेन्सी आईडेन्टिफिकेशन (आरएफआइडी) प्रणाली लागू गर्ने निर्णय भएको छ ।
हाल उक्त प्रणाली जडान भइरहेको छ । यस प्रणालीको प्रयोगबाट सवारी साधनको विन्डशिल्डमा टाँसिने बैंक खाता आवद्द भएको आरएफआईडी ट्याग मार्फत सोझै टोल भुक्तानी गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण