टिजरमा यस्तो देखियो हरिबहादुरको जुत्ता
सारांश
- दशैंमा रिलिज हुने फिल्म 'हरिबहादुरको जुत्ता' को टिजर सार्वजनिक गरिएको छ।
- टिजरमा हरिवंश आचार्य मुख्य भूमिकामा छन्, र प्रियंका कार्की प्रहरीको भूमिकामा छिन्।
- फिल्ममा स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । दशैमा रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ । हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ ।
सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर, जसले अरूलाई मात्रै रुवाउँथ्यो, फिल्ममा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ। निर्देशक दीपेन्द्र के. खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभास टिजरले दिन्छ।
असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हरिबहादुर (हरिवंश आचार्य) केन्द्रमा रहे पनि अन्य चर्चित कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ।
टिजरमा प्रियङ्का कार्की प्रहरीको भूमिकामा देखिएकी छिन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । चलचित्रका छायाङ्कन कृष्णबहादुर थापा, सम्पादन नकुल खड्काले गरेका छन् । सङ्गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण