ओली सरकार काम चलाउ भएको भन्दै दायर रिटको पेसी १७ भदौमा
बुधबार, ११ भदौ २०८२, १८ : २०
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ भएको दाबीसहितको रिट भदौ १७ गतेका लागि तोकिएको छ।
- सर्वोच्चले नागरिक उन्मुक्ति पार्टीको समर्थन फिर्ता र पुनः समर्थनसम्बन्धी पत्र झिकाउने आदेश दिएको छ।
- मन्त्री अरुणकुमार चौधरीको राजीनामा पत्र र नाउपाको वैधानिकतासम्बन्धी विवरण पनि झिकाउने आदेश छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी भदौ १७ गतेका लागि तोकिएको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै एक सातापछि पेसी तोकेको हो ।
इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको छ ।
यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मगाएको थियो ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ ।
यसका साथै नाउपाको वैधानिकता र पदाधिकारी विवादमा पनि निर्वाचन आयोगबाट आवश्यक विवरणहरू मगाउने आदेश भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण