बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु
सारांश
- बारामा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
- मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिकाका ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेका छन्।
- प्रहरी र सेनाको संयुक्त टोलीले जङ्गलमा शव फेला पारेको थियो, जसमा टाउको थिएन।
बारा । बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
आज बिहान करिब ७ः ३० बजेतिर स्कुटर लिएर आधाभार जङ्गलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजतलासका क्रममा जङ्गलभित्र स्कुटी र घाँस भेटिए पनि उनी फेला परेनन् । त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले खोजतलास गर्नेक्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो । आज दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपालीसेनाको संयुक्त टोलीले जङ्गलभित्र शव फेला पारेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रवक्ता पण्डितले भने । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण