अपडेट
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
बिहीबार, १२ भदौ २०८२, १० : २४
सारांश
- डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ६ जना घाइते भएका छन्, उनीहरूलाई अस्पताल लगिएको छ।
- दुर्घटना बिहान ८ बजेतिर भएको थियो, जसमा जिप ४ सय मिटर तल खसेको थियो।
धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हाे।
बिहीबार बिहान ८ बजेतिर भएको दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको परिचय खुलेको छैन।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण