विश्वकप २०२६ खेल्नेबारे मेस्सी अझै अनिर्णीत
सारांश
- लियोनल मेस्सीले २०२६ को फिफा विश्वकप खेल्ने वा नखेल्ने अझै निर्णय गरेका छैनन्।
- चोटका कारण मेस्सी इन्टर मियामीका पछिल्ला खेलहरूमा अनुपस्थित रहे।
- मेस्सीको फिटनेस समस्याका कारण राष्ट्रिय टोलीमा उनको भविष्य अनिश्चित बनेको छ।
मियामी । इन्टर मियामीमा फिटनेस समस्यासँग जुधिरहेका अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सन् २०२६ मा हुने फिफा विश्वकपमा आफ्नो राष्ट्रिय टिमबाट खेल्ने वा नखेल्ने भन्नेबारे अझै निर्णय गरिसकेका छैनन्।
हालै मेस्सी चोटका कारण क्लबका पछिल्ला दुई खेलमा अनुपस्थित थिए भने पछिल्ला पाँच खेलमा केवल ४५ मिनेट मात्र खेलेका छन्।
अर्जेन्टिनाको पत्रिका 'ओले'का अनुसार, लगातारको फिटनेस समस्याका कारण ३८ वर्षीय मेस्सी सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्नेमा शतप्रतिशत निश्चित छैनन्। इन्टर मियामीमा मेस्सीको खेल समय चोटले प्रभावित भएको छ, जसले राष्ट्रिय टोलीमा उनको भविष्यबारे अनिश्चितता बढाएको छ।
मेस्सीको भविष्यबारे कुरा गर्दै उनीनिकट एक स्रोतले 'ओले'लाई भन्यो, ‘उनी सधैँ शान्त र हतारबिना निर्णय गर्छन्, किनभने उनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उनले कुनै पनि समयमा कस्तो महसुस गर्छन् भन्ने हो।’
के मेस्सीले आगामी वर्षको विश्वकप खेल्छन् भन्ने प्रश्नमा स्रोतले भन्यो, ‘यो निर्णय निकै व्यक्तिगत हो र उनी आफैँले सही समयमा लिनेछन्।’
रिपोर्टका अनुसार, फिटनेस समस्याका बाबजुद मेस्सीमा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट खेल्दा उही उत्साह छ। यस सिजन इन्टर मियामीका लागि उनले लिगमा १८ गोल गर्नुका साथै १० असिस्ट प्रदान गरिसकेका छन्।
अर्जेन्टिनाको आगामी वर्ष ६ वटा अन्तर्राष्ट्रिय खेलहरू छन् र यदि कप्तानले ती सबै खेलमा भाग लिए भने उनी आफ्नो देशका लागि २०० अन्तर्राष्ट्रिय खेल खेल्नबाट केवल एक खेल टाढा हुनेछन्।
हालका लागि मेस्सीको ध्यान इन्टर मियामीलाई अर्को उपाधि दिलाउनमा केन्द्रित छ। मेस्सीकै दुई गोलको मद्दतमा क्लबले बिहीबार 'लिग्स कप' को सेमिफाइनल खेलमा ओर्लान्डो सिटीलाई ३-१ गोल अन्तरमा हराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण