काठमाडौँसहित विभिन्न स्थानमा ४ जना मृत फेला
बिहीबार, १२ भदौ २०८२, १२ : ०९
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सतलमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ स्थित झुप्रा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- बारा, महागढीमाई नगरपालिका-८ थलही पुल नजिकै बाटो छेउमा सोही ठाउँ बस्ने ३५ वर्षीय जितेन्द्र गिरी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- बझाङ, जयपृथ्वी नगरपालिका-१ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका-१ भण्डार बस्ने ५५ वर्षीय राम चन्द्र बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण