नागरिक उड्डयन प्राधिकरणको वेबसाइट समस्या, ह्याकिङको प्रयास
बिहीबार, १२ भदौ २०८२, १२ : २१
सारांश
- नागरिक उड्डयन प्राधिकरणको वेबसाइटमा ह्याकरले ह्याक गर्ने प्रयास गरेपछि समस्या आएको छ।
- ह्याकरको प्रयासपछि सिस्टम बन्द गरेर मर्मत थालिएको छ, जसले गर्दा वेबसाइट खुल्न छाडेको छ।
- सूचना अधिकारीका अनुसार, केही समयपछि वेबसाइट पुनः सञ्चालनमा आउनेछ र सिस्टम प्राधिकरणकै नियन्त्रणमा छ।
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणको वेबसाइटमा समस्या देखिएको छ । ह्याकरले ह्याक गर्ने प्रयास गरेपछि उक्त साइटमा समस्या आएको हो । सोही कारण अहिले वेबसाइट खुल्न छाडेको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार ह्याकरले ‘अप्रोच’ गरेको थाहा पाएपछि सिस्टम बन्द गरेर मर्मत थालिएको छ । केही समयपछि वेबसाइट पुनः सञ्चालनमा आउनेछ ।
अहिले वेबसाइटको सिस्टम प्राधिकरणकै कन्ट्रोलमा रहेको उनले बताए ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण