हैजाको प्रकोप बढ्दो, २४ घण्टामा ११५ नयाँ संक्रमित
सारांश
- मधेश प्रदेशमा हैजाको प्रकोप फैलिएको छ, जसमा २४ घण्टामा ११५ नयाँ संक्रमित थपिएका छन्।
- प्रकोप सुरु भएदेखि संक्रमितको संख्या ५४० पुगेको छ, जसमा २८३ सक्रिय संक्रमित रहेका छन्।
- वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप अझै जारी छ, नारायणी अस्पतालमा १५८ सक्रिय संक्रमितको उपचार भइरहेको छ।
काठकाडौँ । मधेश प्रदेशमा हैजाको प्रकोप फैलिरहेको छ । गएको २४ घण्टामा ११५ जना नयाँ सङ्क्रमित थपिएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रकोप सुरु भएदेखि सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २ सय ५७ जना व्यक्ति पूर्ण रूपमा निको भइसकेका छन् भने २ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
वीरगन्ज महानगरपालिका अझै पनि हैजाको प्रकोप फैलिरहेको छ । नारायणी अस्पतालमा १५८ सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ भने पछिल्लो २४ घण्टामा ६२ जना नयाँ बिरामी भर्ना भएका छन् ।
अन्य अस्पतालहरूमा तराई अस्पतालमा ४२ सक्रिय, १० नयाँ सङ्क्रमित र वीरगन्ज हेल्थ केयर अस्पतालमा २४ सक्रिय, ८ नयाँ सङ्क्रमित बिरामीको उपचार भइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यस्तै, बाराको कलैया अस्पतालले हैजाको एक नयाँ केस पुष्टि भएको जनाएको छ । जसको बिरामीको वीरगन्ज यात्राको इतिहास थियो । साथै, पर्साको पोखरिया नगरपालिकास्थित अस्पतालमा ८ नयाँ केस दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण