शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

युवतीलाई ७ सय पटक म्यासेज गर्ने र पछ्याउने युवकमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान

बिहीबार, १२ भदौ २०८२, १२ : २१
बिहीबार, १२ भदौ २०८२

सारांश

  • नुवाकोट घर भएका २७ वर्षीय सुमित भट्टराई २० वर्षीया युवतीलाई हैरानी दिएको आरोपमा पक्राउ परेका छन्।
  • भट्टराईले ती युवतीलाई ७ सय पटकसम्म म्यासेज पठाएको र ईसेवामार्फत १ रुपैयाँ रिचार्ज गरेर म्यासेज पठाएको पाइएको छ।
  • युवतीले सुरुमा साइबर ब्युरोमा उजुरी दिएपछि स्थानीय प्रहरीमा जान आग्रह गरेपछि कालिमाटीमा जाहेरी दिएकी थिइन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । युवतीलाई हैरानी दिएको आरोपमा एक जना युवक प्रहरीको हिरासतमा छन् । नुवाकोटको सूर्यगढी गाउँपालिका–४ हिरामुनीटार घर भएका २७ वर्षीय सुमित भट्टराई भदौ ८ मा पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।

तार्केश्वर नगरपालिका वडा नम्बर–१०  स्थित मनमैजुमा बस्दै आएका भट्टराई शिक्षक पनि हुन् । बल्खु बस्दै आएकी एक जना २० वर्षीया युवतीलाई हैरानी दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

ती युवती आफूलाई मन पर्ने भन्दै उनले लगातार पछ्याएर हैरानी पारेको आरोप छ । सार्वजनिक बस र टेम्पोमा पनि लगातार पछ्याउने र म्यासेज गर्ने गरेपछि युवतीले प्रहरीमा जाहेरी दिइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भट्टराईले ती युवतीलाई ७ सय पटकसम्म म्यासेज गरेको भेटिएको छ । ईसेवामा १ रुपैयाँको दरले रिचार्ज गरेर रिमार्कमा म्यासेज पठाएर उनले हैरानी पार्ने म्यासेज पठाएका हुन् ।

युवतीले उनीविरुद्ध सुरुमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । साइबर अपराधको कसुरमा प्रमाण नपुग्ने भन्दै उनलाई ब्युरोका अधिकृतहरूले स्थानीय प्रहरीमा जान आग्रह गरेका थिए ।

त्यसपछि उनले दरबारमार्ग र सोह्रखुट्टे वृत्तमा उजुरी गरेकी थिइन् । त्यहाँ छलफल भएपछि पनि लगातार हैरानी गरेपछि युवकविरुद्ध पीडितले प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएकी हुन् ।

भट्टराईलाई थुनामा राखेर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

ती अधिकृत भन्छन्, ‘साउन २१ मा दिएको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप