कोशी प्रदेश आम सञ्चार विधेयकको विरोधमा धर्ना
सारांश
- कोशी प्रदेशका पत्रकारहरूले प्रदेश आमसञ्चार विधेयकका प्रावधान सच्याउन माग गर्दै धर्ना दिएका छन्।
- विधेयकमा कडाइ गरिएका प्रावधानहरू राखिएको भन्दै पत्रकार महासंघले विरोध जनाएको छ।
- पत्रकारहरूले विधेयक नसच्चिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका कतिपय प्रावधान सच्याउन माग गर्दै बिहीबार कोशी प्रदेशका पत्रकारहरूले धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा भएको आन्दोलनमा प्रदेशस्तरमा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि पत्रकारहरूले धर्ना दिए । प्रदेशका अन्य १३ जिल्लामै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको पत्रकार महासंघ प्रदेशले जनाएको छ ।
नेपाल पत्रकार महासंघलगायतले दिएको सुझाव विपरीत प्रदेशको न्याय, प्रशासन तथा विधायन समितिले अझै कडाइ गर्ने प्रावधानसहितको प्रतिवेदन कोशी प्रदेशसभामा पेस गरेको छ । सो विधेयकलाई भदौ १३ गते बस्ने भनिएको प्रदेशसभा बैठकबाट पारित गर्ने तयारी गरेपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
विराटनगरको रोडशेषमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले विधेयक नसच्चिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए । यसअघि पनि नेपाल पत्रकार महासंघ केन्द्र, पत्रकार महासंघ कोशी, संसदीय पत्रकार मञ्च कोशीलगायत पत्रकारसँग सरोकार राख्ने प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाललगायतले विरोध गर्दैै विज्ञप्ति निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण