मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नुवाकोटको शिवपुरीबाट २२ जना जुवाडे पक्राउ, १० लाख बरामद

बिहीबार, १२ भदौ २०८२, १४ : ०८
बिहीबार, १२ भदौ २०८२

सारांश

  • नुवाकोटको शिवपुरी गाउँपालिकामा प्रहरीले २२ जना जुवाडेलाई पक्राउ गरेको छ।
  • प्रहरीले बार्दली इन होटलमा छापा मारेर १० लाख ७१ हजार नगद र ३१ थान कौडा बरामद गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूमा ६ जना महिला पनि रहेका छन्, र प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेबाट प्रहरीले २२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । बुधवार मध्यराति गुर्जेमा रहेको बार्दली इन होटलमा छापा मारेर प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको हो ।

जुवा खालबाट १० लाख ७१ हजार नगद र ३१ थान कौडा बरामद गरिएको नुवाकोटका एसपी दुर्गा रेग्मीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा ६ जना महिला छन् ।

गएराति साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामा नेतृत्वको टोलीले सो होटलमा छापा मारेको थियो । आरोपीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप