स्वास्थ्य बीमा बोर्डले विज्ञ रोष्टर तयार गर्दै, आवेदन आह्वान
सारांश
- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको क्षेत्रमा विज्ञहरूको रोष्टर तयार गर्ने भएको छ।
- बोर्डले स्वदेश तथा विदेशमा कार्यरत नेपाली विज्ञहरूलाई रोष्टरमा समावेश हुन आवेदनका लागि आग्रह गरेको छ।
- बोर्डले स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ बनाउन विज्ञहरूको ज्ञान, अनुभव र क्षमता उपयोग गर्ने जनाएको छ।
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको क्षेत्रमा नीति निर्माण, संस्थागत विकास र वित्तीय व्यवस्थापन कार्यका लागि विज्ञहरूको रोष्टर तयार गर्ने भएको छ ।
बोर्डले बिहीबार सूचना जारी गरी स्वदेश तथा विदेशमा कार्यरत नेपाली विज्ञहरूलाई रोष्टरमा समावेश हुन आवेदनका लागि आग्रह गरेको हो ।
बोर्डले स्वास्थ्य बीमा प्रणालीलाई थप सुदृढ बनाउने, संरचनात्मक सुधार, प्रवर्द्धन तथा वित्तीय दिगोपना कायम गर्ने लक्ष्यले विज्ञहरूको ज्ञान, अनुभव र क्षमतालाई संस्थागत रूपमा उपयोग गरेको जनाएको छ । बोर्डले ११ वटा विभिन्न विज्ञताका क्षेत्रहरू पहिचान गरेको छ । जसमा निम्न छन्:
–स्वास्थ्य बीमा नीति निर्माण तथा कार्यान्वयन
–स्वास्थ्य वित्त व्यवस्थापन
–स्वास्थ्य बीमा सञ्चालन तथा व्यवस्थापन
–स्वास्थ्य सेवा प्रदायक भुक्तानी एवं रणनीतिक खरिद
–दाबी व्यवस्थापन
–एकचुअरियल विश्लेषण, लागत अनुमान र शुल्क निर्धारण
–स्वास्थ्य अर्थशास्त्र, वित्तीय जोखिम न्यूनीकरण तथा लगानी विश्लेषण
–डिजिटल स्वास्थ्य/सूचना प्रणाली तथा एआई/एमएल (आर्टिफिसियल इन्टेलिजेन्स/मेसिन लर्निङ)
–स्वास्थ्य बीमा अध्ययन, अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन
–स्वास्थ्य बीमा सम्बन्धी कानुनी तथा नियामक व्यवस्था
–क्षमता अभिवृद्धि, तालिम र सञ्चार
- आवश्यक योग्यता
रोष्टरमा समावेश हुनका लागि आवेदकले उल्लेखित कुनै एक क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै जनस्वास्थ्य, स्वास्थ्य अर्थशास्त्र, एकचुअरी विज्ञान, स्वास्थ्य नीति, चिकित्सा विज्ञान, सूचना प्रविधि, जनप्रशासन, कानुन वा सम्बन्धित विषयमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेको तथा स्वास्थ्य बीमाका क्षेत्रमा सकारात्मक योगदान पुर्याउँदै आएको व्यक्ति हुनुपर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएका छ ।
इच्छुक विज्ञहरूले स्वास्थ्य बीमा बोर्डको आधिकारिक वेबसाइट https://www.hib.gov.np/ मा रहेको विज्ञ सूची पोर्टल मार्फत वा सिधै [email protected] इमेल ठेगानामा आफ्नो व्यक्तिगत विवरण पठाउन सक्ने सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण