अपडेट
कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका ४ जना बालकको शव फेला
बिहीबार, १२ भदौ २०८२, १६ : ४४
सारांश
- कैलालीमा नुहाउने क्रममा बेपत्ता भएका चार बालकको शव फेला परेको छ।
- मृतक बालकहरूको उमेर १५-१६ वर्ष रहेको अनुमान गरिएको छ।
- उनीहरू धनगढीबाट खुटिया नदीमा नुहाउन गएका थिए।
कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका चार जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसो गोदावरी नगरपालिका–९ स्थिति खुटिया नदीमा नुहाउन गएका अन्दाजी १५–१६ वर्षका चार बालकको शव फेला परेको हो ।
उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा ल्याइँदैछ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार मृतक बालकहरूको परिचय खुलेको छैन।
उनीहरू धनगढीबाट खुटिया नदीमा नुहाउन गएको भन्ने बुझिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण