संसद् बैठक
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
बिहीबार, १२ भदौ २०८२, १६ : ५०
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
- सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलमा जानकारी गराए।
- यसअघि भदौ ६ गते तय भएको सम्बोधन स्थगित भएको थियो, जुन अब शुक्रबारका लागि तय भएको छ।
काठमाडौँ । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी प्रमुख सचेतकहरूलाई गराएका हुन् ।
सभामुखको सचिवालयका अनुसार यसअघि तय भएर स्थगित भएको प्रधानमन्त्रीको सम्बोधन शुक्रबारका लागि तय भएको हो । भदौ ६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएर स्थगित भएको थियो । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण