पढाइसँगै कमाई: इम्बार्क कलेजले सुरु गर्यो वर्क-स्टडी पहल
सारांश
- ललितपुरको इम्बार्क कलेजले विद्यार्थीलाई व्यावसायिक सीप र रोजगारीसँग जोड्न दुई नयाँ कार्यक्रम सुरु गरेको छ।
- कलेजले 'व्यावहारिक सीप तालिम' र 'स्टार्टअप क्षमता विकास कार्यक्रम' घोषणा गरेको हो।
- यी कार्यक्रमले शिक्षा र उद्योगबीचको खाडल हटाउँदै स्नातकलाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले विद्यार्थीलाई पढाइसँगै व्यावसायिक सीप र रोजगारीसँग जोड्न दुई नयाँ कार्यक्रम सुरु गरेको छ। कलेजले ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’को घोषणा गरेको हो।
इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरका अनुसार यी कार्यक्रमहरूले शैक्षिक जीवनपछि करियरमा हुने अनिश्चिततालाई अन्त्य गर्दै नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गर्नेछन्। उनले भने, “हामीले शिक्षा र उद्योगबिचको खाडल हटाउँदै स्नातकहरूलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने काम गरिरहेका छौँ।”
अप्रेन्टिससिप कार्यक्रमअन्तर्गत प्रमुख उद्योग तथा उद्यमसँग सहकार्य गरी योग्य स्नातकलाई रोजगारी सुनिश्चित गरिनेछ। यसमा संरचित तालिम आवश्यकताको मूल्याङ्कन, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता जस्ता प्रक्रिया समावेश छन्।
त्यस्तै, स्टार्टअप क्षमता विकास कार्यक्रमले १० वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम भएका नवप्रवर्तनशील व्यवसायलाई लक्षित गर्नेछ। नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी यो कार्यक्रम अघि बढाइने कलेजले जनाएको छ।
सिइओ ठाकुरले भने, “नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर स्रोत र रणनीतिक सहयोगको अभाव छ। यो कार्यक्रमले नवप्रवर्तनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न मद्दत गर्नेछ।”
कलेजका अनुसार नयाँ पहलले दक्ष जनशक्ति उत्पादन गर्ने मात्र नभई, स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकासमार्फत देशको आर्थिक समृद्धिमा टेवा पुर्याउनेछ।
इम्बार्क कलेजले बिएससी बिजनेस म्यानेजमेन्ट, एम बिए र एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण