च्याम्पियन्स लिगः लिभरपुल र सिटीले रियलको सामना गर्ने
सारांश
- च्याम्पियन्स लिगमा लिभरपुल र म्यानचेस्टर सिटी रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछन्।
- टोटेनहम र न्युकासलले च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी) को सामना गर्नेछन्।
- पहिलो खेल सेप्टेम्बर १६ मा हुनेछ भने लिग चरणको अन्तिम खेल जनवरी २८ मा हुनेछ।
काठमाडौँ । युरोपेली फुटबलको सबैभन्दा ठूलो महाकुम्भ च्याम्पियन्स लिगमा यसपटक सुरुवातमै धमाकेदार भिडन्त तय भएको छ। लिभरपुल र म्यानचेस्टर सिटीले १५ पटकको विजेता रियल म्याड्रिडसँग भिड्ने छन् भने टोटेनहम र न्युकासल हालका च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी) को चुनौती सामना गर्ने भएका छन्।
गत सिजनदेखि सुरु भएको ३६ टोलीको लिगमा पहिलो पटक ६ वटा प्रिमियर लिग टोलीहरूले खेल्दैछन्। यद्यपि, नकआउट चरणमा नपुगेसम्म उनीहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्न पाउने छैनन्।
६ पटकको विजेता लिभरपुलले एन्फिल्डमा ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्ड र रियल म्याड्रिडसँग खेल्नुका साथै एट्लेटिको म्याड्रिड र उपविजेता इन्टर मिलानसँग पनि आफ्नो ८ खेलमा प्रतिस्पर्धा गर्नेछ। यता, पेप गार्डिओलाको म्यानचेस्टर सिटीले भने नापोली र बोरुसिया डर्टमुन्डसँग भिड्नेछ।
चेल्सीले बार्सिलोना र बायर्न म्युनिखजस्ता ठूला टोलीहरूसँग खेल्नेछ भने आर्सनलले पनि ह्यारी केनको बायर्न र इन्टरसँग खेल्नेछ।
न्युकासलको च्याम्पियन्स लिगमा पुनरागमन सेन्ट जेम्स पार्कमा बार्सिलोनाको भ्रमणसँगै हुनेछ। यता, युरोपा लिग जितेर च्याम्पियन्स लिगमा छनोट भएको टोटेनहमले डर्टमुन्ड र मोनाकोसँग खेल्नेछ।
पहिलो खेल सेप्टेम्बर १६, मंगलबारका दिन खेलिनेछ भने लिग चरणको अन्तिम खेल २)२६ जनवरी २८ मा हुनेछ। खेलहरूको विस्तृत तालिका केही दिनमै सार्वजनिक हुनेछ। यस सिजनको फाइनल बुडापेस्टमा हुनेछ।
प्रिमियर लिग टोलीहरूले सामना गर्नेछन् यी टोलीहरूलाई
लिभरपुलः रियल म्याड्रिड (घरेलु मैदान), इन्टर मिलान (अवे मैदान), एट्लेटिको म्याड्रिड (घरेलु), आइनट्राक्ट फ्राङ्कफर्ट (अवे), पीएसभी आइन्ढोभन (घरेलु), मार्से (अवे), काराबाग (घरेलु) र गालातासारे (अवे)।
म्यानचेस्टर सिटीः बोरुसिया डर्टमुन्ड (घरेलु), रियल म्याड्रिड (अवे), बायर लेभरकुसेन (घरेलु), भियारियाल (अवे), नापोली (घरेलु), बोडोरग्लिम्ट (अवे), गालातासारे (घरेलु) र मोनाको (अवे)।
चेल्सीः बार्सिलोना (घरेलु), बायर्न म्युनिख (अवे), बेन्फिका (घरेलु), एटलान्टा (अवे), आयाक्स (घरेलु), नापोली (अवे), पाफोस (घरेलु) र काराबाग (अवे)।
आर्सनलः बायर्न म्युनिख (घरेलु), इन्टर मिलान (अवे), एट्लेटिको म्याड्रिड (अवे), क्लब ब्रुग (घरेलु), ओलम्पियाकोस (अवे), स्लाभिया प्राग (घरेलु), कैरात अल्माटी (अवे) र एथलेटिक बिल्बाओ (घरेलु)।
टोटेनहमः बोरुसिया डर्टमुन्ड (घरेलु), पेरिस सेन्ट(जर्मेन (अवे), भियारियाल (घरेलु), आइनट्राक्ट फ्राङ्कफर्ट (अवे), स्लाभिया प्राग (घरेलु), बोडोरग्लिम्ट (अवे), कोपनहेगन (घरेलु) र मोनाको (अवे)।
न्युकासलः बार्सिलोना (घरेलु), पेरिस सेन्ट(जर्मेन (अवे), बेन्फिका (घरेलु), बायर लेभरकुसेन (अवे), पीएसभी (घरेलु), मार्से (अवे), एथलेटिक बिल्बाओ (घरेलु) र युनियन एसजी (अवे)।
लिग फर्म्याट कसरी काम गर्छ ?
३६ टोलीले लिग चरणमा आठ फरक(फरक टोलीहरूसँग खेल्नेछन् - जसमा चार घरेलु मैदानमा र चार अवे मैदानमा हुनेछन्। शीर्ष आठमा रहने टोलीहरू सिधै अन्तिम १६ मा पुग्नेछन्।
नवौँ देखि २४औँ स्थानमा रहेका टोलीहरूले अन्तिम १६ मा पुग्नका लागि दुई लेगको नकआउट प्ले–अफमा प्रतिस्पर्धा गर्नेछन्। २५औँ वा सोभन्दा तल रहने टोलीहरू प्रतियोगिताबाट बाहिरिनेछन् र उनीहरू युरोपा लिगमा पनि झर्ने छैनन्।
गत सिजन, लिभरपुलले २१ अङ्कसहित शीर्ष स्थान हासिल गरेको थियो, भने आर्सनल र एस्टन भिल्ला पनि शीर्ष आठमा पुगेका थिए। सेल्टिक, न्युकासल र म्यानचेस्टर सिटी प्ले-अफ चरणमा पुगेका थिए भने २४औँ स्थानमा रहेको क्लब ब्रुगले ११ अङ्कसहित प्ले-अफमा स्थान बनाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण