रेशमको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिको आपत्ति
सारांश
- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले आपत्ति जनाएको छ।
- चौधरीले थारु नेताहरूले आफूलाई जेल पठाएको आरोप लगाएपछि समितिले त्यसलाई निराधार भन्दै माफी माग्न आग्रह गरेको छ।
- समितिले थारुहरूको मुद्दामा संघर्ष गरिरहेको बताउँदै चौधरीको आरोपलाई अस्वीकार गरेको छ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले दिएको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको छ।
नेपाल मगर सङ्घले आयोजना गरेको स्व. गोरेबहादुर खपाङ्गी मगरको ९औँ स्मृति दिवसका क्रममा चौधरीले ‘मलाई थारु नेताहरूले झ्यालखाना पठाए’ भन्ने आरोप लगाएका थिए । समितिले चौधरीको आरोपलाई निराधार, कपोकल्पित र थारु आन्दोलनको मर्म विपरीतको राजनीतिक बेइमानी भएको भन्दै घोर भर्त्सना गरेको छ।
थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिका संयोजक प्रेमीलाल चौधरीले एक विज्ञप्ति जारी गर्दै सङ्घर्ष समितिले चौधरीलाई गलत अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन् ।
सङ्घर्ष समितिले थारु नेताहरूले निरन्तर ४१ बुँदे माग, राज्यसँग भएका सहमति–सम्झौताको कार्यान्वयन, टीकापुर घटनासम्बन्धी न्यायिक प्रतिवेदन सार्वजनिक, राजबन्दीहरूको रिहाइ तथा शहीद–घाइते परिवारको पुनर्स्थापना जस्ता मुद्दामा सङ्घर्ष गरिरहेको स्पष्ट पार्दै चौधरीको आरोप ‘कदापि सह्य नभएको’ जनाएको छ।
_7GkmWN8Wu1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण